प्रशान्त ढवन्या
धादिङ १३
यात्रुहरुको सेवा सुविधालाई मध्येनजर गर्दै धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ सुकौरामा यात्रु प्रतीक्षालयको निर्माण गरिएको छ । स्वर्गीय पिता गंगादत्त गौली र माता दुर्गादेवी गौलीको सम्झनामा छोरा समाजसेवी श्री विष्णु प्रसाद गौलीले आफ्नो रु ३ लाख बराबरको लगानीमा यात्रु प्रतीक्षालयको निर्माण गरेका हुन् । गौलीका अनुसार सुकौरामा मानिसरु बढी आवतजावत गर्ने र सवारी साधनहरु चलेको समयमा यात्रुहरुलाई बाटो काट्न निकै समस्या हुने भएपछि प्रतीक्षालय बनाएको बताउनु भयो । सुकौराको प्रतीक्षालयको निर्माणपछि यात्रुहरुलाई सहज हुने विश्वास समेत गरिएको छ । प्रतीक्षालय निर्माणको लागि आवश्यक काठ अल्पुपाखा सामुदायिक बन र लाहुरेघारी सामुदायिक बनले उपलब्ध गराएको थियो । प्रतीक्षालयमा सफा र स्वच्छ खानेपानी समेतको ब्यबस्था गरिदिने गौलीले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस