धादिङ १० जेष्ठ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा लकडाउनलाई थप कडाई गरिएको छ । रोजगारीको शिलशिलमा भारत लगायत अन्य मुलकबाट नेपाल आई बसोबास गर्नेहरुको आरडिटी परीक्षण गर्ने क्रममा शुक्रबार सल्यानटारमा दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि सल्यानटारका युवा तथा सुरक्षाकर्मीको समन्वयमा लकडाउनलाई थप कडाई गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनीले जानकारी दिनु भयो । विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनलाई मध्ये नजर गर्दै पीसीआर रिपोर्ट नआउञ्जेलसम्मको आवतजावत बजार, वितीय संघ संस्थाहरु पूर्ण रुपमा बन्द गरिएको इटनीले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस