धादिङ ०८ जेष्ठ
धादिङ अस्पतालकै ७ जना कर्मचारीहरुमा आरडिटि पोजेटिभ देखिएपछि आकस्मिक बाहेकका सबै सेवा केही समयमा लागि बन्द रहेको धादिङ अस्पतालले अत्यन्त जोखिम मोलेर एक सुत्केरीको सल्यक्रिया गर्न सफल भएको छ । अत्यन्तै प्रशव पीडामा सुत्केरी गराउन आएकी नीलकण्ठ नगरपालिका ७ की २५ वर्षीय महिलाको जटिल अवस्था भएकाले काठमाडौ रिफर गरिएता पनि परिवारका सदस्यहरुले उच्च विश्वासका साथ धादिङ अस्पतालमा सल्यक्रिया गराइ सुत्केरी गराउन आग्रह गरेपश्चात अस्पताल प्रशासनले तत्काल निर्णय गरेर कोरोना भाइरसबाट पूर्ण सुरक्षित रहने व्यवस्था गरी गर्भवती महिलाको सफल सल्यक्रिया गरेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । हाल सुत्केरी महिला र शिशुको अवस्था सामान्य रहेको विकले बताउनुभयो । डा. रन्जन राठौरको नेतृत्वमा डा. सन्जिव लामा, लेख बहादुर श्रेष्ठ, रेनुका भण्डारी र श्याम गोम्जाको टिमले सल्यक्रिया गरेको थियो ।
प्रतिक्रिया दिनुहोस