धादिङ ०७ धादिङ
बुधबार धादिङ अस्पतालमा कार्यरत कर्मचारीहरुको कोरोना भाइरस(कोभिड १९)को द्रुत परीक्षण गरिएको छ । जम्मा ७९ जनाको आरडिटि परीक्षण गरिएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ देखिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम बि.क ले जानकारी दिनुभयो । पोजेटिभ देखिएका ७ जनाकै स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि पठाउने तयारी भएको बि.क ले बताउनु भयो । पोजेटिभ देखिएका सातै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँहरुलाई आइसोलेशनमा राखिएको समेत विकले जानकारी दिनुभयो । अस्पताललाई थप सुरक्षित बनाउनका लागि अस्पताल प्रशासनले व्यवस्थापनको सम्पूर्ण तयारी गरिरहेकाले यस परिस्थितिबाट भयभित नहुन र संयमित भै साबधानी अपनाएर कोरोना भाइरसको बिरुद्ध जुट्न सम्पूर्णमा आग्रह समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस