धादिङ ०७ धादिङ
गङ्गा जमुना गाउँपालिका फूलखर्कमा सामाजिक सुरक्षा भत्ता लिन आएका एक जना वृद्धको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका गङ्गा जमुना गाउँपालिका वडा नं. ४ ठकुरी डाँडाका ८३ वर्षीय राम बहादुर गुरुङको निधन भएको हो । आर्थिक अवस्था अत्यन्त नाजुक भएका उनी आफूले पाउने जेष्ठ नागरिक भत्ताले उपचार गराउनका लागि बैंकमा भत्ता आएको गुम्दीबाट रामेश्वर सिंखडाले जानकारी दिनुभयो । दमको रोगी गुरुङको शरीर अश्वभाविक रुपमा सुन्निएको थियो । उनी भत्ता लिनका लागि भनेर बुधबार फूलखर्कस्थित नेपाल एसबिआइ बैंकमा आएका थिए । बैंकमा अत्याधिक भिड भएकाले लाइन बस्नुपर्ने हुँदा वृद्धहरुलाई निकै नै समस्या परेको सिंखडाले बताउनु भयो । विश्वभर महाँमारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) लाई रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन लम्बिदै जादा जेष्ठ नागरिक, अपाङ्ग, एकल महिलाहरु समस्यामा परेको र बैंकसम्म जान नसकेको भन्दै कतिपय स्थानीय तहले सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण गरेता पनि गङ्गा जमुना गाउँपालिकाको भने यसतर्फ ध्यान जान सकेको छैन ।
कोरोना सङ्क्रमणको महाँमारी फलदै जादाँ गङ्गाजमुना गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोबार गर्ने एउटा मात्र बैंक भएकाले अत्यन्तै भिडभाड हुने र सामाजिक दुरी समेत कायम गर्न मुस्किल पर्ने हुदा कोरोनाको त्रास समेत रहेको सेवाग्राहीहरु बताउँछन् । यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोक्काले भने उनी सामाजिक सुरक्षा भत्ताको खाता खोल्न नभइ उपचार गराउन आउँद निधन भएको जिकिर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस