धादिङ ०६ जेष्ठ
जेष्ठ ७ गते बुधबार जिल्ला अस्पताल धादिङका ओपिडि सेवा पूर्ण रुपमा बन्द हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) लाई मध्ये नजर गदै जिल्ला अस्पताल धादिङका कार्यालय प्रमुख सहित सबै कर्मचारीहरुको ¥यापिड डाइग्नोस्टि टेस्ट (आरडिटी) विधिबाट कोरोना परीक्षण गरिने भएकाले बुधबार बिहान १० बजेपछि ओपिडि सेवा बन्द हुने सुचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । कोरोना भाइरस(कोभिड १९) लाई रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनलाई पालना गराउनका लागि फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मीहरुहरुको कोरोना भाइरसको द्रुत परीक्षण गरिन लागिएको हो । अन्य जिल्लामा स्वास्थ्यर्कीहरु समेत कोरोना सङ्क्रमित भएको पाइएपछि जिल्ला अस्पताल धादिङका कर्मचारीहरुको आरडिटी परीक्षण गर्न लागिएको विकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस