धादिङ बैशाख २९
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नीलकण्ठ १ को बैचारिक राजनीतिक प्रशिक्षण तथा वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । नेकपाका नेता शेरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका प्रदेश समिती सदस्य रामबहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश समिति समस्य मनराज भण्डारी सैलेशको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शिक्षक नेता शंकर अधिकारी, वडा अध्यक्ष गणेशबहादुर गुरुङ, वडा सदस्यहरु तारा गुरुङ ,एन्जिला तामाङ, सहिद तथा व्यपत्ता परिवार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमकै अवसरमा वडा नं. १ का अध्यक्ष गणेशबहादुर गुरुङले पार्टी कार्यालय निर्माणका लागि ४ आना जग्गा निशुल्क दान गर्नु भएको थियो । नीलकण्ठ नगरपालिका वडा नं. १ का करिब ७५ जना नेकपाका पार्टी सदस्यहरुको उपस्थिति रहेको प्रशिक्षण कार्यक्रमको संचालन नेकपाका नेता भोजबहादुर गुरुङले गर्नुभएको थियो भने अर्का नेता निमबहादुर गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो । पार्टी एकता पछिको पहिलो बैचारिक प्रशिक्षण कार्यक्रम उत्साहजनक र परिणाममूलक भएको सहभागीहरुले जनाएका छन ।
स्रोत : नेकपा धादिङ
प्रतिक्रिया दिनुहोस