धादिङ ०५ जेष्ठ
भैरहवाको क्यारेन्टाईनमा अलपत्र परेका नीलकण्ठ नगरपालिका वडा नम्बर १४ स्थित धुँवाकोटका २६ जना नागरिकलाई लिन बस गएको छ । प्रदेश सांसद डा. रामकुमार अधिकारीको विशेष पहल र नीलकण्ठ नगरपालिका धादिङको सहयोगमा सोमबार बस पठाएको हो । रोजगारीको शिलशिलामा भारत गएका ती व्यक्तिहरु लामो समयसम्म लकडाउन थपिएसँगै घर आउने क्रममा २१ दिनदेखि भैरहवाको क्वारेन्टाईनमा बसेका थिए । लकडाउनको समयमा आफ्नो घर आउन चाहने नेपालीहरु अन्य जिल्लामा अलपत्र नहुन् र हरेक मानिसको आफ्नो घर आउन पाउने अधिकारको सुनिश्चिता गर्दै उनीहरुलाई लिन बस पठाएको हो । भैरहवाबाट आउने २६ जनालाई नीलकण्ठ नगरपालिका धादिङले निर्माण गरेको क्वारेन्टाईनमा राख्ने नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस