धादिङ ०५ जेष्ठ
स्वास्थ्य कार्यालय धादिङको आयोजना तथा जिल्ला अस्पताल धादिङको सहयोगमा सोमबार धादिङका पत्रकार र सुरक्षाकर्मीको आरडिटि परीक्षण गरिएको छ । जिल्ला अस्पताल धादिङमा २१ जना पत्रकार, ६६ जना नेपाल प्रहरी र २० जना शसस्त्र प्रहरीको आरडिटी परिक्षण गरिएको हो । कोरोना भाइरस(कोभिड १९) लाई रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनलाई पालना गराउनका लागि फ्रन्ट लाइनमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा समाचार सङ्कलनमा फिल्डमा खटिने पत्रकारहरुको कोरोना भाइरसको द्रुत परीक्षण गरिएको हो । परीक्षणका क्रममा ३ जनाको रिपोर्ट सङ्कास्पद देखिएको र बाकी सबैको नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम प्रसाद पोखरेलले जानकारी दिनुभयो । सङ्कास्पद देखिएका ३ जनाको स्वाव सङ्कलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने तयारी गरिएको अधिकृत पोखरेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस