धादिङ ०५ जेष्ठ
उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ र ६ का १ सय ६८ घरधुरीलाई आइतबार खाद्यन्न सामग्री सहयोग गरिएको छ । विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस कोभिड १९ लाई मध्यनजर गदै सरकारले जारी गरेको लकडाउनका कारण खाद्यन्न समस्या भएका रुवीभ्याली गाउँपालिकाका असाहय, अपाङगता, जेष्ठ नागरिक, एकल महिला र अति विपन्न परिवारहरुलाई खाद्यन्न सहयोग गरिएको हो । सामाजिक अभियान्ता दिनेश कुमार तामाङको नेतृत्वमा रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का ४२ घरधुरी, वडा नम्बर ६ का २६ घरधुरीका ६८ घर परिवारलाई दाल २ किलो, तेल १ लिटर, चामल ३० किलो, नुन १ किलो र १ सय घरधुरीलाई १० किलोका दरले १ हजार किलो नुन वितरण गरिएको हो । १ सय ६८ घरधुरीलाई नुन १ हजार ५० किलो, दाल १ हजार २ सय ५० किलो, तेल ७० लिटर र चामल २ हजार ४० किलो वितरण गरिएको समासेवी तामाङले जानकारी दिनुभयो । फेसबुकमा कोभिड १९ भर्सेज हेल्प ग्रुप अभियानमार्फत धादिङ लगायत विभिन्न जिल्लाका सहयोगी दाताहरुबाट सङ्कलित रकमबाट उक्त सहयोग कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त खाद्यान्न सहयोग कार्यक्रममा १ लाख ८५ हजार २ सय ६० रकम खर्च भएको र सहयोगी दाताहरुबाट हालसम्म प्राप्त १ लाख ३८ हजार १ सय ८१ र प्रतिबद्धता गरेको रकम ३२ हजार ३ सय ३० र नपुग रकम १४ हजार ७ सय ४९ रहेको तामाङले बताउनु भयो । तामाङले उक्त कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग पुर्याउने सम्पूर्ण सहयोगी दाताहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालय,धादिङ उद्योग वाणिज्य संघ, रुविभ्याली गाउँपालिका वडा नं. ५ का अध्यक्ष धिराज तामाङ, वडा नं. ६ का अध्यक्ष नरमान गुरुङ, आर्थिक संयोजक बिमला तामाङ लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो । समाजसेवी दिनेश तामाङको नेतृत्वमा यसअघि नै ज्वालामूखी–४ को नमूना वस्ती, सल्यानटार डिलमा रहेका भूकम्प विस्थापित वस्ती, आमाको माया छात्राबास, बहिरा स्कुल लगायतका स्थानमा खाद्यान्न सहयोग सम्पन्न भएको छ ।
सहयोगी मनहरुको नामावली
प्रतिक्रिया दिनुहोस