धादिङ ०५ जेष्ठ
कोरोना भाइरस(कोभिड १९) महांमारीमा निरन्तर रुपमा रिपोर्टिङमा खटिएका धादिङका २१ जना सञ्चारकर्मीहरुको सोमबार आरडिटी परिक्षण गरिएको छ ।स्वास्थ्य कार्यालय धादिङ र धादिङ अस्पतालको आयोजनामा सञ्चारकर्मीहरुले आरडिटी परीक्षण गराएका हुन् । धादिङ जिल्लाभित्र रही नियमित फिल्डमा खटिएका जिल्लाका २१ जना पत्रकारहरुको कोरोना परीक्षण गरिएको थियो । परीक्षणको नतिजा सबैको नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को समयमा निरन्तर रिपोर्टिङमा खटिई सूचना प्रवाह गर्ने जिल्लाका क्रियाशील सञ्चारकर्मीहरुलाई आरडिटी परीक्षण गराउन माग आएकाले परीक्षण गरिएको प्रमुख पौडेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस