धादिङ ०४ जेष्ठ
धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ४ गुम्दी, रातमाटेका २ जना सम्पर्क विहिन भएका छन् । छोरोको उपचारका लागि काठमाडौँ गएका रातमाटेका बाबुछोरा नै सम्पर्क बिहिन भएका हुन् । धादिङबाट एम्बुलेन्समा छोराको उपचारको लागि गएका ६० वर्षीय डिल बहादुर थापा मगर र २८ वर्षीय छोरा देव बहादुर थापा मगर सम्पर्क विहिन भएको ठाकुर गुरुङले जानकारी दिएका छन् । गुरुङका अनुसार छोरा रोगी छोरालाई उपचार गर्न एम्बुलेन्सबाट बैशाख ३० गते काठमाडौँ पुगेका उनीहरु काठमाडौं स्थित माछा पोखरीको गुम्दी होटलमा बास बसेका थिए । जेष्ठ १ गते बिहान उपचारको लागि जाँदै गर्दा सोह्रखुट्टेबाट छोरा देव बहादुर थापा मगर हराएपछि डिल बहादुर थापा मगरले दिनभर खोज्दा नभेटिएपछि पुन उनी त्यही होटलमा फर्किएर बास बसे थिए । होटल स्रोतका अनुसार जेष्ठ २ गते पुन छोराको खोजीमा निस्किएका उनी हालसम्म पनि सम्पर्कमा नआएको जानकारी प्राप्त भएको छ । अग्लो कद, गहुगोरा,े सेतो सर्ट, स्टकोट लगाएको छोरा देब बहादुर थापामगर जेष्ठ १ गते र बुबा जेष्ठ २ गतेदेखि काठमाडौ सोह्रखुट्टे र माछापोखरी आसपासबाट हराएकोले देख्नु हुने जो कोहीले पनि सम्पर्क गरि दिन अनु गुरुङले आग्रह गरेकी छिन् । फेला पार्नुहुने महानुभावहरुले नजिकको प्रहरी वा ९८४२९८२९५३ मा खवर गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस