धादिङ जेष्ठ ४
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित भैरवी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । शनिबार धादिङबेसीमा बसेको सञ्चालक समितिको निर्णय अनुसार २०७६ चैत ११ गतेदेखि जेठ मसान्तसम्मको ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको हो । जेठ मसान्तसम्म ऋण समयमै नतिरे वापत लाग्ने हर्जना समेत मिनाह गरिने निर्णय गरेको भैरवी बचत तथा ऋण सहकारी संस्था धादिङले जनाएको छ । विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरसलाई मध्ये नजर गर्दै सहकारीले शेयर सदस्यलाई राहत स्वरुप व्याज छुट र हर्जना नलिने निर्णय गरेको छ । त्यस्तै सञ्चालक समितिको बैठकले महामारी कार्यदल समेत गठन गरेको छ । भैरवी बचत तथा ऋण सहकारी संस्था धादिङ जिल्लाकै नमुना सहकारीको रुपमा चिनिदै आइरहेको छ । २०५७ साल चैत्र १४ गते विधिवत रुपमा स्थापना भई सञ्चालनमा आएको यस संस्थामा १ हजार ८ सय ३० जना सेयर सदस्य रहेका छन् । जस मध्ये ८ सय ३० जना सदस्य महिला रहेका छन् ।
प्रतिक्रिया दिनुहोस