धदिङ ०२ जेष्ठ
शहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड धादिङद्धारा सञ्चालित रेडियो बिहानी ९७.६ मेगाहर्जको भवनमा शुक्रबार दिउँसो ४ बजेको समयमा आगलागी हुँदा १० लाख भन्दा बढीको क्षती भएको छ । सहिद स्मृति संचार सहकारीद्वारा संचालित रेडियो बिहानीको उक्त भवनमा आगलागी हुँदा उक्त भवनको ३ वटा सटरमा रहेको रामकोट फ्रेस हाउस पसल र सँगैको रेडियो बिहानीको स्टाफ बस्ने कोठामा आगलागी हुँदा १० लाख बराबरको क्षेती भएको हो । रेडियो बिहानीका स्टेशन म्यानेजर संजय देवकोटाका अनुसार उक्त भवनको सटरमा रामकोट फ्रेस हाउस (मासु पसल) मा शुक्रबार ग्यास लिग भई आगलागी भएको बताउनु भयो । मासु पसल सञ्चालक ईश्वर श्रेष्ठका अनुसार खाजा बनाउने क्रममा ग्यास लिग भई आगोको झिल्को आएर आगो लागी भएको बताउनु भयो । आगलागीबाट रेडियो बिहानी ९७.६ मेगाहर्जको उपकरणमा क्षेती नभएता पनि सटर, भित्ताहरु त्था विजुलीको वाइरिङ तार सबै जलेर नष्ठ भएको छ । आगोलोगी भएको करिब १०/१५ मिनेट पछि मात्र नीलकण्ठ नगरपालिकामा रहेको दमकलको सहायताले नेपाल प्रहरी र शसस्त्र प्रहरी, धादिङका सोसिएल भोलेन्टिएरहरुले आगो नियन्त्रण गर्दा थप क्षेती हुन नपाएको हो । रामकोट फ्रेस हाउसका संचालनक ईश्वर श्रेष्ठका अनुसार पसलमा रहेको १ लाख रुपैया नगद, २ वटा फ्रिज, ग्यासँ चुलो, भाडाकुडा, लत्ता कपडा, मासु पसलका अन्य उपकरणहरु समेत जलेर नष्ट भएका छन् ।
प्रतिक्रिया दिनुहोस