धादिङ जेष्ठ १
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ५८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणअ अनुसार थप ८ जनामा कोरोना पुष्टी भएको हो । थप पुष्टी भएकाहरुमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाके नैनापुर वडा नं. १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षीय पुरुषहरु रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस