धादिङ जेष्ठ १
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ४९ पुगेको छ । बिहिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणअ अनुसार थप ३ जनामा कोरोना पुष्टी भएको हो । थप पुष्टी भएकाहरुमा धादिङ निवासी ३० वर्षीय महिला, काठमाडौँ दहचोक निवासी ७ वर्षीय बालक र जनकपुर धनुषा निवासी १७ वर्षीय किशोरी रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिनुभयो । यसअघि बिहिबार नै ३ जनामा कोरोना पुष्टी भएको थियो ।
प्रतिक्रिया दिनुहोस