धादिङ बैशाख २८
शिक्षकहरुलाई समय सापेक्ष रुपमा क्षमता अभिवृद्धि तथा पुर्नःतार्जगी गर्ने उद्देश्यले सुनगाभा एकेडेमी धादिङबेसीमा एक दिने शिक्षकहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न तालिममा प्रशिक्षक रमेश पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रशिक्षक रन्जु उप्रेतीको विशेष आतिथ्यता रहेको थियो । विद्यालयका म्यानेजिङ डाइरेक्टर रामहरी अधिकारीको नेतृत्वमा भएको तालिममा विद्यालयका सबै तहका शिक्षकहरुको सहभागिता रहेको थियो ।
यस्ता खाले प्रशिक्षणले शिक्षकहरुमा नयाँ नयाँ प्रविधिको जानकारी तथा आधुनिक तरिकाले शिक्षण गराउन महत्त्वपूर्ण हुने विद्यालयका प्रधानाध्यापक वद्रि प्रसाद लम्सालले बताउनु भयो । शिक्षणका क्रममा आउने सबैखाले समस्याहरुलाई शुक्ष्म ढङ्गले विश्लेषण गरी समाधान गर्न सक्ने बनाउने विद्यालयका म्यानेजिङ डाइरेक्टर रामहरि अधिकारीले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी अधिकारीले प्रशिक्षणमा सिकेका कुरा कक्षाकोठामा विद्यार्थीमाझ प्रयोग गर्न निर्दैशन दिदैँ कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । कक्षाकोठामा देखा पर्ने विभिन्न समस्या समाधानका लागि यस्ता खाले प्रशिक्षण कार्यक्रम आवश्यक रहेको तथा समय समयमा यस्तो कार्यक्रमको आवश्यकता रहेको विद्यालयका शिक्षक कपिल जम्कट्टेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस