धादिङ बैशाख ३०
धादिङ बोर्डिङ र न्यु धादिङ बोर्डिङ स्कुल धादिङबेसीले अनलाइन कक्षा सञ्चालन गर्ने भएका छन् । विश्वभर महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९)लाई रोकथाम र नियन्त्रण गर्नका लागि सरकारले जारी गरेको लकडाउन लम्बिदै जादाँ विद्यार्थीहरुलाई नियमित अध्ययन अध्यापनमा समस्या परेकाले विद्यार्थीहरुको पढाइप्रतिको रुचि र चाहना कम हुन नदिन अनलाइन कक्षा सुरुवात गर्न लागिएको धादिङ बोर्डिङका प्रधानाध्यापक हरि लम्सालले बताउनुभयो । शैक्षिक सत्रको समापन भएसँगै विद्यार्थीहरुमा नयाँ कक्षा र नयाँ पाठ्यपुस्तक भएसँगै पढाइप्रति अन्यौलता सिर्जना भएकाले उनीहरुको अन्यौलतालाई हटाइ सुरुवाती अवस्थामा केही मूख्य विषयहरु समेटेर कक्षा सञ्चालन गर्न लागिएको प्रधानाध्यापक लम्सालको भनाइ छ । “कक्षानुसार विभिन्न तरिकाले विषयगत शिक्षण गरी विद्यार्थीलाई गृहकार्य प्रदान गर्न र विद्यार्थीले बुझाएको गृहकार्य परीक्षण गरी उपयुक्त सुझाव दिई त्यसको अभिलेख राख्न र विशेषतः विद्यार्थीले सिकाइका क्रममा गरेका प्रयासको गोपनीयताका लागि यो प्रक्रिया फलदायी हुने देखिन्छ। ”प्रधानाध्यापक लम्सालले बताउनु भयो । गुगल क्लासरुम र गुगल मिटमार्फत यही वैशाख ३१ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न लागिएको हो । यो प्रबिधि एन्ड्रोइड फोन, आइप्याड सबैबाट सञ्चालन गर्न सकिने भएकाले अभिभावकहरुलाई सफ्टवयर डाउनलोड गरी दिइएको कक्षा अनुसारको कोड प्रयोग गरी अनलाइन कक्षामा विद्यार्थीहरुलाई सहभागी गराइदिनका लागि विद्यालयले अनुरोध गरेको छ । हाल कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई कक्षागत रुपमा विज्ञान र गणितको अनलाइन कक्षा सञ्चालन गर्ने र यसको प्रभावकारिता हेर्दै आवश्यकता अनुसार तल्लो कक्षाहरुमा पनि सञ्चालन गर्दै जाने योजना रहेको प्रधानाध्यापक लम्सलाले बताउनु भयो ।
अनलाइन कक्षामा सहभागिताका लागि विद्यालयले निन्न तरिका अपनाउन अनुरोध गरेको छ ।
१. यो कक्षामा सहभागिता जनाउनको लागि प्रत्येक विद्यार्थीहरुको जिमेल आइडि आवश्यक पर्ने भएकाले धादिङ बोर्डिङका लागि प्रधानाध्यापक हरि लम्साल र ईश्वरी पाण्डेलाई सम्पर्क गर्ने वा [email protected] मा जिमेल आइडी सेन्ड गर्ने । यस्तै न्यु धादिङ बोर्डिङका लागि प्रधानाध्यापक अभिशेक बसौलालाई सम्पर्क गर्ने वा [email protected] मा जिमेल आइडि सेन्ड गर्ने,
२. सफ्ट वयर डाउनलोड गर्ने र तल दिएको फोटो अनुसारको निर्देशन पालना गर्ने,
३. सफ्ट वयर डाउनलोड गरिसकेपछि तल दिएको कक्षागत रुपमा विषयगत कोड प्रयोग गरी गुगल क्लासरुममा समाबेश हुन सकिन्छ ।
विद्यालयले गरेको अनुरोध यसप्रकार छ ।
प्रतिक्रिया दिनुहोस