धादिङ २८ बैशाख
जिल्ला प्रहरी कार्यालय धादिङले पृथ्वीराजमार्ग क्षेत्रमा ई–पासबाट चलेका सवारी साधनहरुको चेक जाँचमा थप कडाई गरेको छ । राजमार्ग क्षेत्रमा ई–पासबाट चलेका सवारी साधनहरुले पासको दुरुपयोग गरेको जनगुनासो आउँन थालेपछि प्रहरीले चेक जाँचमा कडाई गरेको हो । सरकाले अति आवश्यक कामका लागि आवतजावत गर्न ई–पासको ब्यवस्था गरेको थियो । पश्चिम नेपालमा कोरोना भईरसको संक्रमण बढ्दै जना थालेपछि पृथ्वी राजमार्ग हुदै राजधानी भित्रने र बाहिरिने सवारी साधनहरुलाई धादिङ प्रहरीले थप कडाई गरेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनु भयो । राजमार्गमा ई–पास लिएर राजधानीतर्फ जाँदै गरेका सवारी साधनहरुलाई धादिङ प्रहरीले खत्रीपौवाबाट फर्काइएको छ । यसै गरी नागढुङ्गा नाकामा रोकेर राखेका सवारी साधनहरुलाई समेत गन्तव्यमा पुग्न नपाउदै फकाईएको छ । नागढुङ्गा नाकाबाट विरामी र खाद्यान्न बोकेका सवारीका साधनहरु बाहेक कुनै सवारीका साधनहरुलाई राजधानी प्रवेश गर्न दिइएको छैन । ई–पास दुरुपयोग भएको र धेरै जसो मानिसहरु विना काममा पनि ई–पास लिएर राजमार्गमा यात्रा गर्दा रोगको संक्रमण बढ्न सक्ने खतरा भएको भन्दै धादिङको गजुरी, मलेख, जोगिमारा वेनीघाट, गल्छी ,नौविसे ,खत्रीपौवा र काठमाण्डौको नागढुङ्गमा कडाई गरी सवारी साधनहरु फर्काउन थालिएको प्रहरीले जनाएको छ । लकडाउनका विच पनि आजकाल विभिन्न प्रयोजनका लागि अनुमती लिएको भन्दै दैनिक जसो पाँच सय सवारीका साधनहरु पृथ्वी राजमार्ग हुदै राजधानी भित्रने र राजधानीबाट बाहिरिन थालेका छन् । तराईका जिल्लाहरुमा कोरोनाको संक्रमण देखा पर्दै जानथालेपछि केही दिनदेखि लुकीछिपी राजधानी प्रवेश गर्ने मानिसहरुको संख्यामा बृद्धि आएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस