धादिङ बैशाख २६
सरकारले कोरोना भाइरस(कोभिड १९)लाई रोकथाम र न्यूनीकरणका लागिा जेष्ठ ५ गतेसम्म लकडाउनको समयाबधी थपेसँगै धादिङका व्यवसायीहरुको बैठक बसी लकडाउनलाई थप कडाइ र प्रभावकारी बनाउनका लागि जिल्ला बाहिरबाट फलफूल र तरकारीहरु ल्याउन जेष्ठ ५ गतेसम्म प्रतिबन्ध लगाउन अनुरोध गरेका छन् । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा धादिङ चेम्बर अफ कमर्स लगायतका विभिन्न व्यवसायिक संघ सङ्गठनहरुको बैठकले सो निर्णय गरेको हो । यस्तै बैठकले जिल्ला भरका अतिआवश्यकीय सामानहरु खाद्यान्न, ग्यास, औषधी, तरकारी, फलफूल, दाना विक्रिवितरण गर्ने पसलहरु व्यक्तिगत सुरक्षाका उपायहरु अबलम्बन गर्दै पुरानै समय अर्थात बिहान ७ देखि १० बजेसम्म सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । यस्तै धादिङ हुदै काठमाडौँ प्रवेशमा कडाइ गरिएको हुदा राजमार्ग क्षेत्रमा धेरै सवारी साधन र यात्रुहरु अलपत्र परेकाले जिल्ला प्रवेश गर्ने सिमानाहरुमा नै कडाइ गर्न स्थानीय प्रशासनलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ । यसैगरी बैठकले मन्त्रिपरिसदको बैठकले निर्णय गरेर तोकेका उद्योगहरुलाई व्यक्तिगत सुरक्षा र सामाजिक दुरी कायम गर्दै सञ्चालन गर्न पनि जिल्लाभरका उद्योगीहरुलाई अनुरोध गर्ने निर्णय भएको छ । यस्तै स्थानीय प्रशासन र व्यवसायीहरुले गरेको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गराउन टोल सुधार महासमितिको बैठक बसी थप कडाइका साथ निर्णय कार्यान्वयन गराउने धादिङ चेम्बर अफ कमर्सका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस