धादिङ २६ बैशाख
विश्व रेडक्रस दिवस २०२० को अवसरमा धादिङमा बृहत खुल्ला रक्तदान कार्यक्रम तथा फलफूल वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको आयोजनामा शुक्रबार जिल्ला अस्पताल धादिङको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । विश्वभर महाँमारीको रुपमा फैलदै गएको कोरोना भाइरस रोकथाम र न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनका कारण देशैभर खुल्ला रक्तदान कार्यक्रमहरु नभएकाले रगतको अभाव भैरहेको सन्दर्भमा धादिङमा सामाजिक दुरी कायम गर्दै बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा १४ जना महिला र ३७ जना पुरुष गरी ५१ जनाले रक्तदान गरेका थिए । यस्तै विश्व रेडक्रस दिवसकै अवसरमा जिल्ला अस्पताल धादिङका बिरामीहरुहरुलाई फलफूल समेत वितरण गरिएको थियो । यस्तै रेडक्रसका पिता तथा जन्मदाता हेनरी ड्युनाको तस्बिरमा माल्र्यापण समेत गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति नारायण तिमल्सिनाले सहजीकरण गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, विभिन्न सरकारी कार्यालयका प्रमुख प्रतिनिधि र रेडक्रसकर्मी तथा स्वयमसेवी रक्तदाताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस