धादिङ २५ बैशाख
बुधबार साँझ परेको मुसलधारे पानीसँगै आएको बाढीले धादिङको थाक्रे गाउँपालिका स्थित महेशखोलामा निर्माणाधीन दुईओटा पुलको निर्माण सामग्री बगाएको छ । केही दिन देखि मुसलधारे पानी परिरहेता पनि बुधबार साँझको पानीसँगै महेशखोलामा आएको बाढीले उक्त सामग्री बगाएको हो । पृथ्वी राजमार्गलाई केवलपुरसँग जोड्ने आठकिलो भन्ने स्थानमा ढलानको तयारीमा रहेको पुलको सबै सामान बाढीले बगाएको पुल निर्माण कम्पनी भिजन कन्ट्रक्सनका सञ्चालक केशब गजुरेलले बताउनुभयो । गजुरेलका अनुसार बुधबार साँझ परेको मुसलधारे पानीले थाक्रे गाउँपालिका वडा नम्बर २ को सिम्लेस्थित महेशखोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको संरचना भत्काउनुका साथै निर्माण सामाग्री समेत बगाएको थियो । दुवै पुलको निर्माण सामग्री बगाउँदा दुई करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको थाक्रे गाउँपालिकाले जनाएको छ ।
तस्बिर : नागरिकपाटी
प्रतिक्रिया दिनुहोस