धदिङ २३ बैशाख
विश्वभर महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९) रोकथाम र न्युनीकरणका लागि अग्र पङ्तिमा रहने जिल्ला अस्पताल धादिङका स्वास्थ्यकर्मीहरुलाई DXN धादिङले व्यक्तिगत सुरक्षाका सामग्री(पिपिइ) हस्तान्तरण गरेको छ । भूकम्प लगायत विभिन्न महांमारीमा सहयोग गर्दै आएको DXN धादिङले विक्री वितरण मात्र नभइ नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि अग्र पङ्तिमा रहने स्वास्थ्यकर्मीहरुलाई उच्च गुणस्तरको १५ सेट पिपिइ हस्तारण गरिएको DXN धादिङका सञ्चालक अशोक कुमार बस्नेतले बताउनु भयो । DXN धादिङमा आबद्ध ७ जनाको संयुक्त सहयोगमा करिब ७२ हजार बराबरको पिपिइ हस्तान्तरण गरिएको हो । सहयोगी मनहरुमा DXN धादिङका सञ्चालक अशोक कुमार बस्नेत, प्रताप कडेल, अनिता सिलवाल, डिल बहादुर गुरुङ, गोपाल बहादुर तामाङ, रामकाजी थापा, यिवराज थापा क्षेत्री, चिन्तामणि रिजाल, विशाल थापा क्षेत्री रहनुभएको छ ।
संसारकै जडिबुटीको राजा रातो च्याउ लगायतका जडिबुटीहरुद्धारा उत्पादित विविध खालका स्वास्थ्य सामग्री तथा उच्च गुणस्तरका खाद्य सामग्रीहरु विक्रि वितरण गर्दै आएको DXN कम्पनी विश्वका १ सय ८० भन्दा बढी देशहरुमा फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस