धादिङ २० बैशाख
समाजसेवी तथा युवा पर्यटन व्यवसायी धादिङ ज्यामरुङका कमल सापकोटा अध्यक्ष रहेको टुकी नेपाल समाजले धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकालाई ७ वटा थर्मल गन सहयोग गरेको छ । विश्वव्यापी महांमारीको रुपमा फैलिदै गएको कोरोना भाइरस(कोभिड १९)लाई रोकथाम र नियन्त्रणका लागि विशेष उपयोगी हुने उक्त थर्मल गर्न शुक्रबार टुकी नेपालका सल्लाहकार एवं समाजसेवी दिनेश तामाङले गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाका अध्यक्ष सम्भु कुमार थापा र उपाध्यक्ष देवी पाण्डे बुर्लाकोटीलाई संयुक्त रुपमा सो थर्मल गन हस्तान्तरण गरिएको हो । हाल नेपाली बजारमा ज्वरो नाप्न बहू उपयोगी हुने उक्त थर्मल गन अभाव हुदै आएको छ । केही समय अगाडि टुकी नेपाल समाजले नीलकण्ठ नगरपालिकालाई कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने पिपिइ, मास्क, सेनिटाइजर र साबुन लगायतका सामग्रीहरु सहयोग गरिसकेको छ । गाउँपालिका अध्यक्ष थापाले कोरोना रोकथाम र नियन्त्रणका लागि उक्त थर्मल गन अत्यन्तै सहयोगी हुने भएकाले सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस