धादिङ १९ बैशाख
विश्वभर महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९) लाई मध्यनजर गर्दै नेपालमा गरिएको लकडाउनका कारण स्थगित भएको वार्षिक परीक्षाफल प्रकाशन कार्य धादिङ बोर्डिङ स्कुल र न्यु धादिङ बोर्डिङ स्कुलले अनलाइनमार्फत गरेका छन् । शुक्रबार विद्यालयको आफ्नै वेभसाइटबाट दुबै विद्यालयले कक्षा नर्सरीदेखि ९ कक्षासम्मको परीक्षाफल प्रकाशन गरेका हुन् । कक्षा ८ को परीक्षा नगरपालिका स्तरीय भएकाले प्रकाशन गरिएको छैन । परीक्षाफल प्रकाशन गर्दै धादिङ बोर्डिङका प्रधानाध्यापक हरि लम्साल र न्यु धादिङ बोर्डिङ स्कुलका प्रधानाध्यापक अभिषेक बसौलाले सम्पूर्ण विद्यार्थीहरुलाई बधाई दिदै भनेका छन्, “आदरणीय अभिभावकज्यूहरू शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षाको नतिजा प्रकाशन विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइसरका कारण स्थगित भएकोमा अभिभावक तथा विद्यार्थीहरुको ब्यापक चासोलाई मध्य नजर गर्दै यस विषम अवस्थामा सामाजिक दुरीलाई कायम राख्दै आ–आफ्नै घरमा बसी आफ्ना बाबु नानीहरुको नतिजा हेर्न मिल्ने गरी कक्षा ८ बाहेकको नतिजा अनलाइन प्रविधिबाट आज प्रकाशन गरिएको छ । साथै नतिजा हेर्नको लागि
धादिङ बोर्डिङ स्कुल www.dbsschool.edu.np
न्यु धादिङ बोर्डिङ स्कुल www.ndbs.edu.np
क्लिक गर्न अनुरोध गरिन्छ । नतिजालाई सकेसम्म त्रुटि रहित बनाउने प्रयास गरिएको छ । कुनै त्रुृटि भएमा विद्यालयको मूल अभिलेखबाट सच्याइने छ । थप जानकारी र सहयोगको लागि विद्यालय प्रशासन वा कक्षा शिक्षकलाई सम्पर्क गर्नु हुन अनुरोध छ। यहाँहरुको धैर्यता र विद्यालय प्रति देखाउनु भएको अटुट माया र सद्भाब प्रति विद्यालय परिवार आभार व्यक्त गर्दछ । साथै शैक्षिकसत्र २०७७ को लागि कुनै पनि पाठ्यपुस्तकहरु परिवर्तन नगरिएको जानकारी गराउन चाहन्छौँ ।”
प्रतिक्रिया दिनुहोस