धादिङ १९ बैशाख
विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९) को नेपालमा देखिएको सङ्क्रमण र जोखिमलाई न्यूनीकरण र रोकथामका लागि पहिलो चरणमा जिल्लाका १३ वटै स्थानीय तहमा स्वास्थ्य सामग्री (पिपिइ, मास्क, सेनिटाइजर) वितरण गरिसकेको अन्तर्रा्ष्ट्रिय धादिङ समाजले दोस्रो चरणको सहयोग कार्यक्रम सुरु गरेको छ । बिहिबार धादिङको रुविभ्याली गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकामा २÷२ वटा आइ आर थर्मोमिटर, स्वास्थ्य संस्थालाई आवश्यक पर्ने ४३ किसिमको औषधीहरु, चामल, दाल तेल र नुन सहितको खाद्यान्न सामग्री समेत वितरण गरिएको अन्तराष्ट्रिय धादिङ समाजका वरिष्ठ उपाध्यक्ष दिनेश तामाङले बताउनु भयो । जिल्लाका १३ वटै पालिकाहरुमा दोस्रो चरणको सहयोग हस्तान्तरण कार्यक्रम केही दिनमै सम्पन्न गर्ने समेत तामाङले जानकारी दिनुभयो । अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष नानुकाजि अर्यालले दोस्रो चरणको सहयोग कार्यक्रम सुरु भएको जानकारी दिदै अन्तराष्ट्रिय धादिङ समाजले सुरु गरेको अभियानमा सहयोग गर्ने सम्पूर्ण धादिङबासीलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस