धादिङ, १७ बैशाख
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङमा बुधबार ९ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । चैत्र महिनामा भारत लगायत तेस्रो मुलकबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका नागरिकहरुमा र्यापिड टेस्ट अर्थात आरडिटि परीक्षण सुरु गरिएको हो । उक्त परीक्षणबाट कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको अर्थात नेगेटिभ आएको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तिलक बहादुर थापा मगरले जानकारी दिनुभयो । वडाले बुधबार ९ जनाको कोरोना भाइरसको परीक्षण गरिएको र सबैको रिपोट नेगेटिभ आएको वडा अध्यक्ष मगरले बताउनुभयो । चैत्र ६ गते भारतबाट ४ जना, जापानबाट १ जना महिला र ४ जना दुवैबाट नेपाल आएका थिए ।
प्रतिक्रिया दिनुहोस