धादिङ १७ बैशाख
नेपाल इन्जिनिर्यस एसोसिएसन बागमती प्रदेशद्धारा बुधबार जिल्ला अस्पताल धादिङलाई स्वाब सङ्कलन बुथ हस्तान्तरण गरिएको छ । जिल्ला अस्पताल धादिङमा कोरोना सङ्क्रमितहरुको स्वाव सङ्कलनलाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले सो बुथ हस्तान्तरण गरिएको हो । उक्त बुथ स्वाथ्यकर्मीहरुका लागि समेत सुरक्षित रहेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी नेपाल इन्जिनिर्यस एसोसिएसन बागमती प्रदेशले जिल्ला अस्पताल धादिङका अस्पताल व्यवस्थापन समिति अध्यक्ष महेन्द्र धमला र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिपा बोहोरालाई उक्त बुथ हस्तान्तरण गरिएको हो । कोरोना भाइरस (कोभिड १९) का आशंका गरिएका बिरामीहरुको स्वाब सङ्कलन गर्न यस बुथले ठुलो सहयोग गर्ने जिल्ला अस्पताल धादिङका सूचना अधिकारी बिक्रम विश्वकर्माले जानकारी दिनु भयो । सो बुथले स्वाब सङ्कलनको क्रममा स्वास्थ्यकर्मीलाई सङ्क्रमण हुन सक्ने जोखिमलाई समेत न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस