गोरखा १६ बैशाख
लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिक लिन सिरानचोक गाउँपालिकाले काठमाडौँ पठाएको बस गजुरी प्रहरीले राजमार्ग बाटै फिर्ता पठाएको छ । जिल्ला प्रशासन कार्यालय गोरखामा आइतबार भएको सर्वपक्षीय बैठकले काठमाडौँ लगायत देशका विभिन्न भूभागमा अलपत्र परेका नागरिकहरुलाई स्थानीय तहले व्यवस्थापन गरी सुरक्षित रुपमा गाउँ ल्याउने निर्णय गरेसँगै सिरानचोक गाउँपालिकाले मङ्गलबार ८ वटा बस काठमाडाँै पठाएको थियो । ग्रिनसिटी अस्पतालमा विशेष स्वास्थ्य परीक्षण गराएर सुरक्षित रुपमा गाउँ ल्याउने तयारीका साथ मंगलबार बिहान गोरखाबाट गएको ८ वटै बसलाई धादिङको गजुरीबाट प्रहरीले फिर्ता गरेपछि गाउँपालिकाले दुख ब्यक्त गरेको छ ।
गाउँपालिका अध्यक्ष राजु गुरुङद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।“लकडाउनका कारण काठमाडौँमा फसेका नागरिकहरुको आ–आफ्नो बासस्थानमा फिर्ता हुन पाउने अधिकारलाई आत्मा सम्मान गर्नुको सट्टा अदालतको समेत आदेशको संघीय सरकारले वर्खिलाप गरेको छ । यस कार्यप्रति गाउँपालिकाले खेद प्रकट गर्दछ ।” स्वास्थ्य परीक्षण गरी सुरक्षित रुपमा गाउँ ल्याउने तयारीका साथ मङ्गलबार मात्रै करिब ३ सय जनालाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँस्थित ग्रिन सिटी अस्पतालमा जम्मा पारिएको थियो । तर बिच बाटोबाटै प्रहरीले आफ्ना नागरिक लिन काठमाडौँ जादै गरेको बस फर्काइदिएपछि नागरिकहरु अन्योलमा परेका थिए । उनीहरुलाई सिरानचोक गाउँपालिका काठमाडौँ समन्वय समितिको पहलमा आ–आफ्नो बासस्थान पु¥याउन सहयोग गरेका थिए । अध्यक्ष गुरुङले काडमाडौँमा अलपत्र आफ्ना नागरिकहरुलाई फिर्ता ल्याउनको लागि निरन्तर पहल गर्दै काठमाडौँमा समस्यामा परेका विद्यार्थी, मजदुर लगायतलाई समन्वय समितिमार्फत राहत समेत व्यवस्थापन गरिने बताउनु भयो ।
गाउँपालिका अध्यक्ष राजु गुरुङद्धारा जारी विज्ञप्ती
प्रतिक्रिया दिनुहोस