धादिङ १६ बैशाख
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित आमाको माया छात्राबास खाद्यान्न सहयोग गरिएको छ । समाजसेवी दिनेश तामाङको पहलमा हाल क्यानडा बस्दै आउनुभएका नीलकण्ठ नगरपालिका वडा नं. १४ धुवाकोटका बुद्धिलाल तामाङको आर्थिक सहयोगमा उक्त खाद्यान्न सहयोग गरिएको हो । चामल, नुन, तेल, चिनी र तरकारी सहितको खाद्यान्न छात्राबासका संरक्षक डा. नवीनबन्धु पहाडीलाई मङ्गलबार हस्तान्तरण गरिएको हो । छात्राबासमा हाल २२ जना छात्रहरु बस्दै आएका छन् । विभिन्न दाताहरुको सहयोगबाट सञ्चालन भइरहेको छात्राबासमा हाल सरकारले जारी गरेको लकडाउनका कारण समेत खाद्यान्न समस्या पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै खाद्य सहयोग गरेकोमा संरक्षक डा. नवीनबन्धु पहाडीले धन्यवाद व्यक्त गर्नुभयो । यस्तै मङ्गलबार नै समाजसेवी दिनेश तामाङकै पहलमा स्वाबलम्बी बहिरा आधारभुत विद्यालय नीलकण्ठ नगरपालिका ८ मा पनि खाद्यान्न सहयोग गरिएको छ । छात्राबास सहितको सो विद्यालयमा हाल १९ जना विद्यार्थीहरु रहदैँ आएका छन् ।
प्रतिक्रिया दिनुहोस