धादिङ २७ बैशाख
विद्यार्थीहरुलाई निर्वाचन शिक्षा दिने र स्वच्छ वातावरणमा नेतृत्व चुन्ने उद्देश्य सहित सुनगाभा एकेडेमी धादिङले निर्वाचन मार्फत विद्यालय क्याप्टेन सहित विभिन्न सदनको नेतृत्व चुनेको छ । शुक्रबार विद्यालय प्राङ्गणमा निर्वाचन प्रणाली अनुसार सदनका क्याप्टेन छानेको हो ।
निर्वाचन अधिकृत घोषणा गरी विद्यार्थीहरुलाई उम्मेदवार बनाइ, चुनावी प्रचार प्रसार गरेर, मतपेटिका निर्माण गरी सदन क्याप्टेन छानिएको विद्यालयका शिक्षक कपिल जम्कट्टेलले बताए । जसअनुसार विद्यालय क्याप्टेनमा कक्षा १० का विवेक आचार्य, भाइस क्याप्टेनमा कक्षा ९ की सविना भट्ट, रातो सदनको क्याप्टेनमा मनिता गुरुङ, भाइस क्याप्टेनमा जिमी तामाङ, निलो सदनको क्याप्टेनमा सुस्मिता तामाङ, भाइस क्याप्टेनमा रसिक अधिकारी, पहेलो सदनको क्याप्टेनमा पार्वती गुरुङ, भाइस क्याप्टेनमा अन्जु श्रेष्ठ र हरियो सदनको क्याप्टेनमा आर्यन लगुन र भाइस क्याप्टेनमा सस्मिता ख्डका विजयी भएका छन् ।
विजयी विद्यार्थीहरुलाई सफल कार्यकालको शुभकामना दिदै विद्यालयका प्रधानाध्यापक वद्रि प्रसाद लम्सालले यस्ता खाले कार्यक्रमले विद्यार्थीहरुमा निर्वाचन सम्बन्धी ज्ञान बढ्नुका साथै नेतृत्व गर्ने सीपको पनि विकास हुने बताउनु भयो । यस्तै सहायक प्रधानाध्यापक गोकर्ण अधिकारीले विद्यार्थीलाई सामाजिक कार्यमा अग्रसर बनाउने अभियानको सुरुवात सुनगाभा एकेडेमीले गरेको बताउनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वद्रि प्रसाद लम्साल सहायक प्रधानाध्यापक गोकर्ण अधिकारी लगायत शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस