धादिङ १६ बैशाख
विश्वभर महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरसलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण सुनगाभा एकेडेमी धादिङले सामाजिक सञ्जालमार्फत र विद्यालयको सूचना पाटीमार्फत वार्षिक परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयका प्रधानाध्यापक वद्रि लम्सालले एक सूचना जारी गर्दै परीक्षाफल प्रकाशन भएको घोषणा गर्नुभएको हो ।
प्रधानाध्यापक वद्रि लम्सालद्धारा जारी सन्देश यसप्रकार छ ।
आदरणीय अभिभावकज्युहरु नमस्कार,
उपरोक्त सन्दर्भमा वार्षिक परीक्षा २०७६ को परीक्षाफल कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै नेपालमा पनि यसको प्रभाव देखिएको र देश पूर्ण लकडाउनको अवस्थामा रहेकोले यो वर्ष अनलाइन नतिजा प्रकाशन गरेको ब्यहोरा अवगत गराउदंछौँ । साथै यो विषम परिस्थितिमा आफ्ना बाबुनानीहरुलाई किताबी ज्ञानबाहेकका ब्यबहारिक र रचनात्मक ज्ञानहरुको सिकाइ घरमा नै सिकाइरहनु भएको छ भन्ने अपेक्षा गर्दछौँ । आगामी शैक्षिक सत्र २०७७ को भर्ना कार्यक्रम लकडाउन खुले लगत्तै सुरु हुने र २०७७ को बुक लिस्ट पनि छिट्टै विद्यालयको फेसबुक मार्फत सार्वजनिक गरिने कुरा अबगत गराउन चाहन्छौँ । धन्यवाद
प्रिन्सिपल
सुनगाभा एकेडेमी
नीलकण्ठ–३, धादिङ
कक्षागत रुपमा प्रकाशन गरिएको परीक्षाफल यसप्रकार रहेको छ ।
प्रतिक्रिया दिनुहोस