प्रशान्त ढउन्या
धादिङ, १६ बैशाख
सल्यानकोट प्रहरी चौकी खहरे धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित ज्यामरुङ र त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा घरेलु मदिरा नष्ट गरेको छ । लकडाउनको समयमा गाउँ बस्तीहरुमा घरेलु मदिरा सेवन गर्न थालेको सुचनाको आधारमा खहरेबाट गस्तीमा गएको प्रहरीले १ हजार लिटर भन्दा बढी घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । विभिन्न ठाउँबाट बरामद गरिएको मदिरा निश्चित ठाउँमा नष्ट गर्ने गरेता पनि लकडाउनका कारण यस पटक जहाँ मदिरा बरामद गरियो त्यही पोखेर नष्ट गरिएको हो । सवारी साधन तथा उद्योग व्यवसायहरु बन्द भएपछि गाउँँका युवाहरुले घरेलु मदिरा सेवन गरी समाजमा नकारात्मक हिंसा, बलात्कार, चोरी डकैती, झैझगडा जस्ता गतिविधिहरु बढ्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न घरेलु मदिरा नष्ट गर्ने अभियान सुरु गरेको खहरेका प्रहरी प्रमुख दिपक पुडासैनीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस