गोरखा १५ बैशाख
गोरखाको सिरानचोक गाउँपालिकामा सोमबारदेखि राहत वितरण सुरु भएको छ । विश्वभर महांमारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सरकारले जारी गरेको लकडाउन लम्बिदै जादा दैनिक ज्याला मजदुरी गर्ने तथा विपन्न परिवारलाई खाद्यान्न सङ्कट पर्दै गएकाले गाउँपालिकाले राहत वितरण सुरु गरेको हो । गाउँपालिकाले आफ्नो गाउँपालिकाका सबै वडाहरुमा विपन्नत तथा ज्याला मजदुरी गर्ने व्यक्ति परिवारहरुको तथ्याङ्क सङ्कलन गरेर राहत वितरण सुरु गरेको हो । गाउँपालिकाले तयार गरेको तथ्याङ्क अनुसार वडा नम्बर १ केराबारीका ३४ घरपरिवार, वडा नम्बर ३ हर्मीका ६८ घरपरिवार विपन्न र ४४ जना मजदुर, वडा नम्बर ४ छोप्राकका ८२ घर परिवार, वडा नम्बर ५ छोप्राकका ९० घर परिवार र १८ जना मजदुर, वडा नं. ६ गाँखुको ६३ घर परिवार र १५ जना मजदुर, वडा नं. ७ श्रीनाथकोटका २८ घर परिवार, वडा नं. ८ जौबारीको ४६ घर परिवार गरी कुल ४ सय ८९ विपन्न परिवार र मजदुरहरुलाई सरकारले निर्धारण गरेको मापदण्ड अनुसार खाद्यान्न वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस