धादिङ १५ बैशाख
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १ स्थित काउलेमा कालदेन समाज गुम्वाको सोमबार शिल्यान्यास गरिएको छ । काउलेका स्थानीय जनसमुदाय र स्थानीय संघ संस्थाको सहयोगमा करिब २ सय जना अट्न सक्ने क्षमताको कालदेन समाज गुम्बाको वडा नम्बर १ का वडा अध्यक्ष गणेश बहादुर गुरुङले शिल्यान्यास गर्नु भएको हो । कालदेन समाज गुम्बाका व्यबस्थापन समितिका अध्यक्ष रेशम बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको गुम्बा शिल्यान्यास कार्यक्रममा वडा सदस्यहरु पाण्डु लामा गुरुङ, जित बहादुर तामाङ, गुम्बा निर्माणको लागि २ रोपनी १२ आना निशुल्क जग्गा दान गर्ने जग्गादाता गंगा बहादुर तामाङ, लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । गुम्बा निर्माणका लागि रु ४० लाख रकम लाग्ने अनुमान गरिएको प्रकाश माध्यमिक विद्यालय प्रधानाध्यापक शंकर अधिकारीले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस