धादिङ १४ बैशाख
विश्वभर महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९)लाई रोकथाम र नियन्त्रण गर्नका लागि सरकारले जारी गरेको लकडाउनका कारण धादिङको त्रिपुरासुन्दी गाउँपालिका वडा नम्बर १ स्थित सल्यानटामा रहेको पौवा डिल बस्तीमा खाद्यान्न अभाव भएको छ । २०७२ सालको भूकम्पका कारण विस्थापित भएको साविकको लापा गाविसको कपुर गाउँबाट ३५ घर धुरी बस्दै आएको भएता पनि हाल उक्त पौवा डिल बस्तीमा बसोबास गदै आएका २५ घरधुरीलाई खाद्यान्न अभाव भएको हो । घर बाहेक आफ्नो खेती गर्ते जग्गा जमिन नभएपछि दैनिक ज्याला मजदुरी गर्दै आएका उनीहरु लकडाउन जारी भएसँगै गरिराखेको काम समेत ठप्प भएपछि थप समस्यामा परेका छन् । करिब १५ दिन अगाडि त्रिपुरा सुन्दरी गाउँपालिकाले उक्त बस्तीमा केही समयका लागि खाद्यान्न सहयोग गरेको थियो । गाउँपालिकाले वितरण गरेको खाद्यान्न सकिएपछि सो वस्तिका नागरिकहरु थप समस्यामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस