धदिङ १३ बैशाख
कोरोना संक्रमण रोकथाम गर्न लागु गरिएको ‘लकडाउन’ लम्बिँदै जाँदा गरिब तथा विपन्नहरु समस्यामा पर्न थालेको भन्दै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङले धादिङबेशीमा रहेका केही गरिब तथा विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेका छन् । शनिबार गरिब तथा विपन्नहरुलाई चामल, दाल, आलु, खाने तेल, नुन लगायतका सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । लम्बिँदै गरेको ‘लकडाउन’ का कारण गरिब तथा विपन्न परिवारहरु समस्यामा परेको देखेपछि केही भए पनि सहयोग गर्ने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरेको तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस