धादिङ १२ बैशाख
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला खेलकुद विकास समिति धादिङले जिल्लाका विभिन्न ठाउँमा १ हजार थान मास्क तथा सेनिटाइजर वितरण गरेको छ । कोरोना भाइरसका कारण मास्क तथा सेनिटाइजरको अभाव भएका धादिङका विभिन्न ठाउँहरुमा राहतस्वरुप जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङको सक्रियतामा उक्त सामग्री वितरण गरिएको हो । कोरोना भाइरस (कोभिड–१९)संक्रमणको अति जोखिममा रहेका नागरिकहरुलाई मास्क तथा सेनिटाइजर वितरण गरिएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिङ तामाङले बताउनु भयो । गाउँ तथा शहरहरुका मेडिकल पसलहरुमा मास्क तथा तथा सेनिटाइजर जस्ता अतिआवश्यक सामग्रीहरु अभाव भईरहेको बेला अध्यक्ष तामाङको पहलमा करिब १ हजार मास्क र सेनिटाइजर वितरण गरिएको हो । यसै गरी कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले जारी गरेको निर्देशनहरुको पालना गर्दै सामाजिक दुरी कायम गरी आ–आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण धादिङबासीहरुलाई अपिल समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस