राजेश रम्तेल
बैशाख ११
धादिङ इसाई समाज र पुनस्र्त्थान चर्च गजुरी समूहले गजुरी गाउपालिकाले संचालनमा ल्याएको फुड बैंकमा खाद्यान्न सामग्री सहयोग गरेको छ । लकडाउनका कारण कसैको पनि चुलो बल्न नरोकियोस भन्ने उद्देश्यले सन्चालनमा ल्याएको फुड बैकमा आज ५६ हजार मुल्य बराबरको चौध सय किलो चामल सहयोग गरेको धादिङ इसाई समाजका उपाध्यक्ष मोहन रानाले जानकारी दिनु भयो । इसाई समाजले सहयोग गरेको खाद्यान्न ग्रहण गर्दै गजुरी गाउपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले यो विषम परिस्थितिमा इसाई समाजले गरेको यो सहयोग निकै महत्वपूर्ण र उपयोगी रहेको भन्दै आगामी दिनमा पनि निरन्तर रुपमा गाउपालिका र इसाई समाजले समन्वय गरेर काम गर्ने बताउनुभयो । त्यसैगरी सहयोग गरिएको खाद्यान्न दैनिक छाक टार्न समस्य परेका परिवार हरुलाइ वितरण गरिने पनि उहाले बताउनु भयो । कार्यक्रममा गाउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत, धादिङ इसाई समाजका उपाध्यक्ष एबम पुनस्र्त्थान चर्च गजुरीका पास्टर मोहन राना, पुनस्र्त्थान चर्च का पास्टरहरु कुलमान रोका, याकुब बिक लगाएत गजुरी गाउपालिकाका अन्य प्रतिनिधिहरुको सहभागिता रहेको थियो । समग्र बिश्व नै कोभिड १९ को कारण आक्रान्त बनिरहेको बेला गरिब तथा ज्यालादारी गरेर छाक टार्ने हरु लाई लकडाउनको समयमा सहयोग गर्न पाउदा निकै खुसी लागेको इसाई समाजका उपाध्यक्ष पास्टर मोहन रानाले बताउनुभयो ।त्य्स्तै आगामी दिनमा पनि स्थानिय चर्च र इसाई समाज को तर्फबाट विभिन्न गाउपालिकाहरुलाइ सहयोग गर्ने योजना समेत रहेको बताउनुभयो । कोरोना भाइरसका कारण लम्बिरहेको लकडाउन ले गर्दा दैनिक ज्यालामजदुरी गरि छाक टार्न समस्य परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले गजुरी गाउपालिकाले फुड बैक स्थापना गरेको हो ।
प्रतिक्रिया दिनुहोस