धादिङ ०९ बैशाख
धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ३ मा चट्याङका कारण विद्युत सर्ट भइ करेण्ट लागेर दुई जनाको ज्यान गएको छ भने छ जना घाईते भएका छन् । सोमबार सांझ ६.३० वजे तिर चट्याङ पर्दा गाउँपालिकको वडा नम्बर ३ वालुवाखर्कमा रहेको बिद्युत्त ट्रान्सफर्मर पड्किएपछि त्यहाँबाट बितरित गरिएको बिद्युत्त लाइनमा हाईभोल्टेज हुँदा विद्युत प्रवाह अनियन्त्रित भई लेकमल्डुङ र बेसी मल्डुङ गाउँमा करेन्ट सर्ट भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका बेसी मल्डुङका ४५ बर्षिय सानुमान तामाङ र २४ बर्षिय सागर अर्याललाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको वडा नं. ३ का अध्यक्ष अमित घलेले जानकारी दिनुभयो । त्यस्तै घाईते हुनेहरुमा धन कुमारी तामाङ्ग, सानु तामाङ्ग, ठुली कान्छी तामाङ्ग, रुपक अर्याल, तारासिङ्ग तामाङ्ग र कान्छि तामाङ्ग, रहेका छन् । यस्तै घाइतेमध्ये रुपक अर्यालको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौँ पठाइएको र बाकीको भुमेस्थान स्वास्थ्य चौकी अमर्खुमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । विद्युत अनियन्त्रित भइ घरभित्र जतातातै करेन्ट लाग्न थालेपछि विजुलीको स्विच अफ गर्न र चार्जमा रहेको मोवाईल झिक्न खोज्दा तथा करेन्ट लागेको अर्काे व्यक्तिलाई बचाउन खोज्दा दुर्घटना भएको स्थानीयहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस