धादिङ ०७ बैशाख
त्रिपुरा सुन्दरी गाउँपालिका धादिङमा कोरोना भाइरस(कोभिड १९) लाई रोकथाम र नियन्त्रणका लागि दोस्रो चरणको आरडिटि परीक्षण सुरु भएको छ । चैत्र महिनामा भारत लगायत तेस्रो मुलकबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका नागरिकहरुमा र्यापिड टेस्ट अर्थात आरडिटि परीक्षण सुरु गरिएको हो । स्वास्थ्य कार्यालय धादिङबाट दोस्रो चरणको परीक्षणका लागि ४० वटा टेस्ट किट प्राप्त भएपश्चात आइतबार ११ जनाको आरडिटि परीक्षण गरिएको हो । उक्त परीक्षणबाट कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको अर्थात नेगेटिभ आएको त्रिपुरा सुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले जानकारी दिनुभयो । वडा नं. ६ आगिञ्चोक स्वास्थ्य चौकीबाट सुरु भएको आरडिटि परीक्षण कार्यक्रम पालिकाको सबै वडाहरुमा गरिने संयोजक श्रेष्ठले बताउनु भयो । परीक्षण कार्यक्रम गाउँपालिका अध्यक्ष सम्भु कुमार थापा लगायत जनप्रतिनिधिहरुको प्रत्यक्ष उपस्थितिमा सञ्चालन गरिएको हो । त्रिपुरा सुन्दरी गाउँपालिकाका पहिलो चरणको आरडिटि परीक्षणमा २० जनाको परीक्षण गरिएकोमा सबैको नेगेटिभ देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस