पोखरा ०७ बैशाख
लकडाउनका कारण मारमा परेका साना व्यवसायीहरुबाट सटर भाडा मार्फत आउने चैत्र महिनाको ६० लाख रुपैयाँ भाडा नलिने घोषणा गरेका धादिङको नीलकण्ठ नगरपालिका खाल्टेमा जन्मिएर पोखरामा ३ छुट्टा छुट्टै व्यवसाय गर्दै आएका समाजसेवी तथा व्यवसायी युवराज खतिवडाको हिजो आजको दैनिकी लकडाउनका कारण समस्यामा परेका विपन्न मजदुरहरुलाई घर घरमै पुगर खाद्यान्न तथा आर्थिक राहत सहयोग गर्दै बित्ने गरेको छ । खतिवडाले धादिङ जिल्लामा जन्मिएर पोखरामा बस्दै आएका, सरकारले जारी गरेको लकडाउनका कारण खाद्यान्न तथा आर्थिक अभाव झेलिरहेका मात्रै नभइ पोखराकै विपन्न मजदुरहरुलाई आफ्नो व्यक्तिगत लगानीमा दैनिक ३०÷४० परिवारलाई सहयोग गर्दै आएका छन् । आफ्नो व्यवसाय नै बन्द भएको अवस्थामा पनि खतिवडा मानव सेवा नै मूख्य धर्म हो भन्ने भावलाई बुझ्दै विपन्न मजदुरहरुलाई आर्थिक तथा खाद्यान्न राहत वितरणमा अनवरत लागिरहेका छन् । उनी भन्छन्“म पनि मध्यम वर्गको परिवारमा जन्मेको र लामो समय सङघर्ष पश्चात केही सफलता हात पारेकाले दुःख के हो ? मैले बुझेको छु । बरु आफ्नो घरमा चुलो बल्न किन नछोडोस्, दीन दुःखिको समस्यामा मल्हम लगाउन कहिले छोड्ने छैन । कसैलाई समस्या भयो भने मलाई सिधा फोन गर्न सक्नुहुन्छ । तुरुन्तै तपाईँको समस्या समाधान गर्ने कोशिष गर्नेछु ।” हालसम्म करिब ३०० घर परिवारलाई खाद्यान्न सहयोग गरिसकेका खतिवडाले खाद्यान्न मात्र सहयोग गरेका छैनन् । सुत्केरी तथा साना बालबालिका भएका परिवारलाई नगद पनि सहयोग गर्दै आएका छन् । खतिवडा भन्छन्,“हामी व्यवसायी पनि यो लकडाउनको चपेटामा छौ, बैंकको ऋणमा व्यवसाय सञ्चालन गरिरहेका छाँै । बैंकको ऋण पछि तिरौला तर अहिले मजदुर विपन्न परिवारको चुल्हो बाल्नु चाहि पहिलो आवश्यकता हो । बरु मेरो व्यवसाय घाटामा जाओस् पछि उकासौला । अहिले मजदुर विपन्नलाई खुसी बनाउन सके भने नै मलाई सबैभन्दा सन्तुष्टी मिल्छ ।” खतिवडाले व्यापारका लागि राखिएको आफ्नै गोदामको दाल चामल, नुन, तेल आफ्नै गाडिमा, आफैले लोड अनलोड गर्दै विपन्न मजदुर परिवारको घर घरमै खाद्यान्न पु¥याउदै आएका छन् । पोखरा सस्तो बजार, सिद्धार्थचोकको फेवा एग्रीकल्चर प्रालि र वाईयुके कन्स्ट्रक्सन एण्ड सप्लायर्स का प्रमुख रहेका खतिवडाको समाज सेवाको यात्रा निकै लामो छ । उनले धादिङ जिल्लामा स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनका क्षेत्रमा सहयोग गर्दै आईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस