धादिङ ०४ बैशाख
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. २ आरुघाट विशालनगरका स्थानीय समाजसेवी दिलिप कुमार (उदय) श्रेष्ठले कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवार तथा मजदुरहरुलाई खाद्यान्न सहयोग गरेका छन् । होटल व्यवसाय सञ्चालन गर्दै आएका समाजसेवी श्रेष्ठले आफ्नो व्यक्तिगत लगानीमा खाद्यान्न सहयोग गरेका हुन् । विपन्न परिवार तथा मजदुरहरुको घर घरमै पुगेर श्रेष्ठले स्थानीय अगुवाहरुको सुझावका आधारमा वास्तविक रुपमै समस्या परेका परिवारका लागि १०० बोरा चामल, ५० लिटर तेल, ५० किलो दाल, ५० किलो नुन र ५० पिस साबुन सहयोग गरेका हुन् । श्रेष्ठले त्रिपुरा सुन्दरी गाउँपालिकाभित्रका समस्यामा परेका मजदुर विपन्न परिवारका साथै गोराखाको तान्द्राङ लगायतका स्थानबाट पनि आफूलाई सहयोगका लागि आग्रह गरिएकोले थप सहयोग गर्ने योजना रहेको समेत बताएका छन् । आरुघाट विशालनगरमा ब्याम्बो कटेज सञ्चालन गर्दै आएका श्रेष्ठले विभिन्न प्रकोपहरुबाट समस्यमा परेकाहरुलाई सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस