गोरखा ०५ बैशाख
कृष्ण बहादुर लामिछाने
भिमशेनथापा गाउँपालिका गोरखामा २०७६ चैत्र १ गतेदेखि हालसम्म भारत लगायत विभिन्न मूलुकबाट आएका २३ जना गाउँपालिकाका नागरिकहरुको वैशाख २ गते बगुवा स्वास्थ्य चौकीमा कोरोना भाइरस(कोभिड १९)को द्रुत परीक्षण गर्दा परीक्षण गरिएका २३ जनामा नै नेगेटिभ देखिएको भिमसेनथापा गाउँपालिकाको स्वास्थ्य शाखाले परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । भिमसेनथापा गाउँपालिकाका स्वास्थ्य प्रमुख भेषराज खनालले प्रतिवेदन सार्वजनिक गर्दै भिमसेनथापा गाउँपालिकामा हाल कोरोना भाइरस(कोभिड १९)बाट आत्तिइहाल्नुपर्ने स्थिति नभएको तर बढी सजगता अपनाउनुपर्ने कुरामा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस