धादिङ ०५ बैशाख
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ स्थित मैदीका २७ वर्षीय दिपक सापकोटाको पिसिआर विधिबाट गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । गाउपालिकाले गत मङ्गलबार गरिएको कोरोनाको र्यापिड परीक्षणमा रि एक्टिभ देखिएपछि सापकोटाको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौँमा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट शुक्रबार नेगेटिभ आएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । सापकोटा रोजगारीको शिलशिलामा दक्षिण कोरिया बसेर गत फागुन २० गते नेपाल आएका थिए । मंगलबार गाउँपालिकामा भारत लगाएत अन्य मुलकबाट नेपाल आइ क्वारेन्टाइनमा बसेकाहरुकोमा गरिएको र्यापिड परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । मंगलबार आरडीटीमा पोजिटिभ देखिएका सापकोटालाई ज्वालामुखी गाउँपालिकाका कुनै पनि एम्बुलेन्सले बोक्न नमानेपछि आफैं मोटरसाइकल चलाएर जिल्ला अस्पताल धादिङको आइशोलेशनमा भर्ना भएका थिए । गाउँपालिकाले क्वारेन्टाइनमा बसेकाहरुको गरिएको र्यापिड परीक्षणमा उनकोे रिपोर्ट रि एक्टिभ अर्थात सङ्कास्पद आएकाले ल्याब परीक्षणका लागि हेटौँडा पठाइएको थियो । यसै गरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ का २८ बर्षीय अमित परिवारको पनि कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको विकले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस