धादिङ ०४ बैशाख
सरकारले जारी गरेको लकडाउनलाई अनुशासित ढङ्गले पूर्ण रुपमा कार्यान्वयन गर्न जिल्ला खेलकुद बिकास समिति धादिङले अनुरोध गरेको छ । विहिबार जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले एक अपिल सार्वजनिक गर्दै सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न आग्रह गरेका हुन् । अध्यक्ष तामाङद्धारा जारी अपिलमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को सङ्क्रमणबाट जोगिन सरकारले लागु गरेका लकडाउन सम्बन्धी निर्देशनहरुको पालना गर्न र सामाजिक दुरी कायम सुरक्षित रहन सम्पूर्ण धादिङबासीहरुलाई अनुरोध गरिएको छ । अध्यक्ष तामाङले कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमणबाट जोगिन उच्च सतर्कता अपनाइ संयमित भएर सामाजिक सदभाव कायम गर्न आग्रह गरेका छन् । तामाङले जिल्लाका नागरिकहरुको सुरक्षा र सहयोगको लागी स्वयंसेवक तथा आवश्यक जनशक्ति जुनसुकै बेला जिल्ला खेलकुद विकास समिति धादिङले उपलब्ध गराउने समेत प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस