कृष्ण बहादुर लामिछान
धादिङ ०४ बैशाख
विश्वभर महांमारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)द्धारा भिमसने थापा गाउँपालिका गोरखामा पालिकाभित्रका अति विपन्न बर्ग र दैनिक ज्यालाद्धारी मजदुरहरुलाई दैनिक छाक टार्न समस्या परेका घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । ८ वडा रहेको भिमसेनथापा गाउँपालिमा ७ सय ६३ घर परिवारलाई ९५ क्वीन्टल(९ हजार ५ सय किलो) चामल, ७ सय ६३ किलो नुन, दाल, तेल वितरण गरेको र राहत वितरणमा नेपाल सरकारको कुनैपनि कोष रकमबाट तलब भत्ता, पेन्सन, सामाजिक सुरक्षा भत्ता नपाएका घरपरिवारलाई मात्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । पहिलो चरणको राहत वितरण गाउँपालिकाका सबै वडामा गरिएको र आवश्यकता अनुसार दोस्रो चरणको राहत वितरण गरिने गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले बताउनु भयो । बिहिबार राहत वितरणमा वडा नं. ३ ले ९ क्वीन्टल चामल, ७५ केजि नुन, दाल र तेल वितरण गरेको छ । राहत वितरण कार्य वडाका जनप्रतिनिधि, कर्मचारी र पत्रकारको रोहबरमा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस