धादिङ ०४ बैशाख
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ वुङ्गकोटघाटमा पुलबाट खसरे एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ वांझगराका ३८ वर्षीय होमवहादुर राना रहेका छन् । लकडाउनका कारण चितवनमा थुनिएका राना पैदलै हिडेर गाउँ आउदै थिए । उनी पृथ्वीराजमार्ग अन्तर्गत वेनीघाटबाट गोरखा फुजेल हुदै गोरखा र धादिङ जोड्ने पुल तरेर धादिङ आउन खोजेका थिए । उक्त पुलमा दुवै जिल्लातर्फ छेकवार गरिएको थियो । यसै गरी वुधवार ज्वालामुखी गाउँपालिका स्थित मैदीमा एकजना युवामा आरडिटी परिक्षणमा पोजिटिभ देखिए पछि गोरखावासीले समेत बिहिबार देखि नै पुलमा कांडेतार हालेर बाटो अबरुद्ध गरेका थिए । उक्त घटनाको शव परिक्षणका लागी सदरमुकाम स्थित जिल्ला अस्पताल ल्याईएको छ भने थप अनुसन्धान भैरहेको वडा अध्यक्ष कृष्ण काप्रीले वताएका छन । मृतक रानाले वुधवार राती साढे नौ वजेतिर घरमा फोन गरी अध्यारोमा कसैले नदेख्ने र गोरखातर्फको छेकवार नाघेर आउदै गरेकोले पुलसम्म लिन आउन भनेको स्थानीयहरुको भनाई छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ ल्याइएको छ ।
तस्बिरःसामाजिक सञ्जाल
प्रतिक्रिया दिनुहोस