धादिङ ०३ बैशाख
लकडाउनको समयमा अत्यावश्यक कामको लागि जिल्ला प्रशासन कार्यालय धादिङले दिँदै आएको सवारी पास खारेज गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय धादिङले सूचना प्रकाशित गरी सवारी पासमा रोक लगाएको हो । कोरोना भाईरसको संक्रमण रोकथामका लागि बैशाख १५ गते सम्म पहिले कै पासलाई निरन्तरता दिने निर्णयलाई खारेज गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनु भयो । सरकारले सवारी पासका लागि ई पासको व्यवस्था गरेकाले बैशाख ४ गतेबाट सोही पासलाई मात्र मान्यता दिने निर्णय भएको छ । यस्तै बिना पासका सवारी साधनलाई नियन्त्रणमा लिएर सङ्क्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाही गरिने पनि निर्णय भएको छ । यसअघि धादिङमा बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म खुल्ला हुदै आएको अत्यावश्यक खाद्यान्न पसलहरु समेत बन्द गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस