गोरखा ०३ बैशाख
आरुघाट गाउँपालिका गोरखामा मङ्गलबार गरिएको कोरोनाको ¥यापिड परीक्षणमा रि एक्टिभ देखिएका १ जनाको रिपोर्ट पिसिआर विधिबाट गरिएको परीक्षणमा नेगेटिभ देखिएको छ । मङ्गलबार गाउँपालिकामा भारत लगाएत विभिन्न देशहरुबाट आइ क्वारेन्टाइनमा बसेकाहरुकोमा गरिएको र्यापिड परीक्षणमा १ जनाको रिपोर्ट रिएक्टिभ अर्थात सङ्कास्पद आएकाले २ जनाको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा पठाइएको थियो । र्यापिड परीक्षणमा पोजेटिभ देखिएका व्यक्ति रोजगारीको शिलशिलामा बहराइनबाट गत फागुन २३ गते नेपाल आएका हुन् । उनी होम क्वारेन्टिनमा बसेका थिए । मङ्गलबार स्वास्थ्य कार्यालय गोरखाको टिमले आरुघाट गाउँपालिकामा २० जनाको र्यापिड टेस्ट गरेको थियो । स्वास्थ्य संयोजक विजय कुमार श्रेष्ठका अनुसार गाउँपालिकामा चैत्र महिनामा भारत लगायत तेस्रो मुलकबाट आउने नागरिकहरुको तथ्याङ्क २४ को हाराहारीमा रहेकाले बाकी ४ जनाको परीक्षणका साथै फागुन महिनामा आएकाहरुको पनि तथ्याङ्क सङ्कलन गरी परीक्षण गर्ने तयारी रहेको छ । पोजिटिभ देखिएका व्यक्ति विदेशबाट आएको ३५ दिन भन्दा बढी भएकोले निज कोरोना सङ्क्रमणबाट मुक्त भइसकेको र निजबाट समुदायमा सङ्क्रमण फैलिएको हुन सक्ने भएकोले कन्ट्रयाक्ट ट्रेसिङको कार्य सुरु भएको समेत संयोजक श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस